सेञ्चुरी बैंकको अनलाइन एकाउन्ट सेवा सुर

काठमाडौँ, ५ मंसिर । सेञ्चुरी बैंकले अनलाइन एकाउन्ट सेवा सुर गरेको छ ।

कोरोनाकोे कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति बैंकले Digital Banking लाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता(Century Sahaj Khata) र सेञ्चुरी क्लीक एकाउन्ट Century Click Account) भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरm गरेको हो ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज गर्ने बंैंकले जनाएको छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु Digitally खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ Digital Banking लाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० / बराबर Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ । सेञ्चुरी क्लीक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक Verification code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिन्छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट ww.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२