“कम्बल ओडेर घ्यु खान सिपालु अध्यक्ष प्रचण्ड”

निर्मल घिमिरे

हरेक सजिव पार्टी भित्र आन्तरिक द्वन्द्व हुन्छ, छलफल हुन्छ, वादविवाद हुन्छ, जोड घटाउ हुन्छ, छिनोफनो हुन्छ र अन्तिममा सहि निष्कर्ष निक्लेर नै छोड्छ । यो कम्युनिष्टहरूको आचरण र ब्यवहार नै हो । विश्व इतिहासलाई हेर्दै जाने हो भने कम्युनिष्टहरूको राम्रो कार्य शैलीर व्यवहारले शक्तिशाली राष्ट्र एवम् अति विकसित देश भएका सन्देशहरू हामी माझ ऐना झैं छन् । त्यसैले कमरेडहरू पार्टी एकीकरण पश्चात हामी यहाँसम्म आईपुगेका हौं भन्ने पनि हामी माझ ताजा प्रमाण नै छन् । सुन्नमा आए अनुसार भारतीय संस्थापन पक्षले प्रचण्ड–माधव समूहलाई सघाउन एक उच्च टोली पठाएका र जसरी भए पनि यही महिना भित्र ओलीलाई बिस्थापन गर्न उनीहरुको मुख्य मिशन भएको कुरा केहि खोज पत्रकारिताले उजागर गरेको छ । यसका लागी उनिहरुले बामदेव गौतमलाई उचालिरहेका छन् भन्ने पनि जानकारी आएको छ ।

भन्नलाई उनिहरुले विधी–विधानको बखान गरे तापनि निहित स्वार्थ भनेको केवल “अङ्गुर खान नपाउँदाको अमिलो “मानसिकता बाहेक अरु केहि होईन । अरु जुनसुकै सामान्य परिस्थितीको बेलामा यो मतभेद आएको भए त्यसलाई “एक लोकतान्त्रीक दल भित्रको प्रजातान्त्रीक अभ्यास्” भनेर बचाव गर्न सकिन्थ्यो पनि होला । तर यो बेला मुलुक माहामारीको उच्च जोखिममा छ । दिनानुदिन जनताहरुमा कोरोनाको भाइरस फैलिरहेको छ । मुलुकमा एक किसिमको बन्दाबन्दी अवस्थामा छ । जनताको यो बेलाको आवश्यकता राजनैतिक तिक्डम होइन । यो बेला जतिसक्दो सचेतना, राहत अनि सबै मिली यो विषम माहामारीको त्रासदीलाई डटेर सामना गर्नु पर्ने बेलामा हाम्रो राजनैतिक दल चाँही एक पछी अनेक बखेडा निकालेर थप अलिकप्रिय बन्दै गैरहेको छ ।

चुनावमा पराजित भएको प्रतिसोधलाई होईन यो बेला मुलुकको सार्वभौमिकताको सवाल भएकोले बामदेवले काधमा बन्दुक राखेर केपी ओलीलाई पड्काउँदा भारतको भलो हुन्छ, बामदेव जस्ता परिपक्व नेताले यो बुझ्न सक्नु पर्छ । २०७२ सालामा नाकाबन्दी हुँदा भारतको एकाधिकार तोड्न चिनसँग गरिएको पारवहन सम्झौता ओली हटाउने बितिकै प्रचण्ड र देउवाले निष्क्रिय पारे । उनले यो बुझ्नै पर्ने हुन्छकि, पछि ओली नै आउन पर्यो सम्झौता पूरा गर्न, अब यहि हुनेछ, ओली जाने बितिकै भारतलाई खुसि पार्न नक्सा मुद्दा प्रचण्डले निष्क्रिय पार्नेछन् अनि त्यो जमिन कहिले फिर्ता हुँदैन कि भन्ने सामान्य जनमानसमा सङ्का उत्पन्न भैसकेको छ । अवसरवादी ब्यक्तिवादी चिन्तनका केहि झोलेहरु कै कारणले गर्दा आज नेकपा संकटमा परेका हुन । जबसम्म यिनिहरुमा विचार र सिद्धान्तको रुपान्तरण हुँदैन तब आलोचनाका विषयहरु उठ्दै गर्छ ।

हुँदा हुँदै दलिय आन्तरिक झगडामा समेत सम्मानित राष्ट्रपति जस्तो गरिमामय संस्थालाई ल्याइदैं छ र महाअभियोगसम्मको कुराले यती बेला बजारमा सरगर्मी बढाइरहेको छ । ब्यक्ती विशेष जो सुकै होस्, त्यो खासै बहसको विषय होईन तर राष्ट्रपति भनेको अत्यन्तै सम्मानित निकाय हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं । हाम्रो जस्तो आर्थिक अवस्था न्युन भएको मुलुकको राष्ट्र प्रमुखले सादगी जीवनयापन चलाउने पर्नेमा केहि भड्किलो भएको कारण आलोचना हुने गरेको सत्य हो । तर त्यो सबै कुराको स्वयम् राष्ट्रपतिले म्यानेजमेण्ट गर्ने होईन । त्यसको जिम्मेवारी सचिवालयको हो । सचिवालय हेर्नेले त्यो आलोचना हुन नदिन सचेत हुनै पर्दछ । गरिमामय पदलाई बिवादमा ल्याउन दिनु हुन्न र जनमानसमा उहाँको आत्मसम्मानमा र आस्थामा कम हुने हो कि भनेर चनाखो हुनै पर्दछ । यदी त्यो गर्न सकिएन भने राष्ट्रपति कार्यालयको सचिवालय टिम नै परिवर्तन गर्न सक्नु पर्दछ ।

मैले चाँही बुझ्नै नसकिरहेको कुरा नि, अहिले मन्चित नाटक, एकाएक गर्माएको राजनैतिक अस्थिर परिवेश अनि सरकार परिवर्तन गर्न तम्सिएका केहि पात्रहरुको लैनचौरको यात्रा पश्चात आउन सक्ने भावी परिवेशमा यस पछी मुलुकको बागडोर सम्हाल्ने पात्र को त ? प्रचण्ड ? माकुने ? झलनाथ ? वा बामदेव ? यिनै मध्य त कुनै होलान नि, हैन ? हामीले यिनिहरुलाई चाही किन विश्वास गर्ने ? आधार केत ?

सरकार सन्चालनको टिमवोर्कको स्पिरिडमा तालमेल नमिल्दा प्रमुख नेतृत्वकर्ताको हिसाबले ओलीको पनि केहि कमजोरी पक्कै हुनसक्छ । सो लाई त आपसी छलफलबाट सामाधान गर्ने र गराउनु पो बुद्दिमता निर्णय हो । एकले अर्कालाई पछार्ने “म्युजिकल चियर’’को खेल खेल्दा यो पटक काले लड्यो भने अर्को चोटी गोरेको पनि पालो असम्भावी छैन है ।

सबैले आत्मा आलोचना गरेर आजसम्म प्राप्त भएको उपलब्धीहरुको रक्षा गर्दै बिराइएको बाटोलाई करेक्सन गरेर सही दिशा तर्फलैजान सक्नु नै आजको जनमत हो । अन्यथा “घर पोलेर खरानी बेच्नु” झै बेबकुफी हुन जान्छ है कमरेड ! यो बेलामा पार्टी अध्यक्ष र प्रधानमन्त्री हट्ने कुरा सम्भव छैन ! तत्काल केन्द्रीय कमिटी बैठक बसि सरकार र पार्टी कमिटीको समीक्षा गर्दै यथासक्दो चाडो माहाधिवेशन गरि सबै कुराको छिनो गरौं ! टाउकोहरु नमील्ने तपाँई हामीले पुच्छर हल्लाएर ‘एकता जीन्दावाद’ भन्नुको अर्थ के रहन्छ ? ९ जना सचिवालयका र ४२ सदस्यिय स्थायी समितीको एक सानो झुण्डले मनलाग्दी रुपमा सिङ्गो पार्टी नै मासिने गरी चलाउने ? मिडियामा आए दिनहुँ मिडियामा सुनिन्छ कि , उनिहरु “मिटिङ बसे रे, उनिहरु मध्य यत्ती चाही यता रे, अनि अर्को दिन उत्ती चाही अर्को खेमामा पुगे रे, खोइरो खने रे, उछिटो काटे अरे, राजिनामा मागे अरे”, यस्तै यस्तै मात्र सुनिन्छ । बार्ह सत्तरी नाटक । हजारौं लाखौं कार्यकर्ताहरु अनि सुभेच्छुकहरुको सद्भाव अनि मेहनतले यो अवस्था पुगेको हो । नेतृत्वलाई हेक्का रहोस्, कार्यकर्ताले हिसाव किताव गर्ने दिन आउनेछ ।

हाल : जापान

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । थप १७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  २४ हजार  ७८

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले

काठमाडौँ, ९ मंसिर । थप १७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  २४ हजार  ७८

काठमाडौँ, ९ मंसिर । आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा