काठमाडौँ, २५ कार्तिक । तिहार बिदामा बैंकहरूले सबै शाखा बन्द गर्ने भएका छन् ।
कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने नेपाल बैकर्स संघले जनाएको छ । तर डिजिटल कारोबार र एटीएम सेवा भने नियमित रहने बैंकहरूले जनाएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड(१९ वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । ‘‘अहिलेसम्म ६ हजारभन्दा धेरै कर्मचारी संक्रमित भइसकेको अवस्थामा समेत सेवा नियमित रुपमा प्रदान गर्दै आइरहेका छौं,’’ बैकर्स संघले सूचना जारी गर्दै भनेको छ,’’ ‘‘नजिकिँदै गएको तिहार बिदामा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ र एटीएम सेवा यथावत् रूपमा प्रयोग गर्न सकिनेछ ।’’