काठमाडौँ, १५ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।