काठमाडौँ, २६ भदौ । विश्वबैंकले हालैमात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाखलाई नयाँ रोजगारी दिएको छ ।
विश्व बैंकले भनेको छ, ‘कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जाने छ ।’
गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको छ । कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको छ । यो संरचनात्मक संक्रमणले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छु विश्व बैंकले उल्लेख गरेको छ ।
निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएका छन् । यध्यपी महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन् ।






