बहसः बृद्धि, विकास र समृद्धि

तेजबहादुर ढकाल

सामान्यतया बृद्धि, विकास र समृद्धिलाई पर्यायबाची शव्दका रुपमा प्रयोग भएको पाईन्छ । तर यिनीहरु बीचको सैद्धान्तिक पक्षलाई विश्लेशण गर्ने हो भने ठूलो अन्तर पाउन सकिन्छ । अहिले यिनिहरु चर्चाका बिषय भएकाले थप बौद्धिक बहसको जरुरत खड्किएको छ ।

१. आर्थिक बृद्धि को सिद्धान्तले विकसित देशको भन्दा अविकसित देशको आर्थिक बृद्धिको दर बढी हुन्छ भन्ने मान्यता राख्दछ । अविकसित, अल्पविकसित तथा विकासशील देशको लगानीको सीमान्त लाभ विकसित देशहरुको भन्दा बढी हुन्छ । उनीहरुले अहिलेको नयां प्रविधिको प्रयोग गर्ने भएकाले पनि यस्तो भएको हुन्छ । कालन्तरमा सबै देश धनी हुन्छन् भन्ने मान्यता यो सिद्धान्तले राख्दछ ।

२. विकास अर्थशास्त्रले बाटो बिजुली र उद्योग एकसाथ बनाउनु पर्दछ भन्ने मान्यता राख्दछ । किनभने एउटालाई बाच्न अर्को चाहिन्छ । नत्र उद्योग खुल्दा बाटो र बिजुली भत्किसकेको हुन सक्छ । त्यसैले आर्थिक बृद्धि र आर्थिक विकास फरक कुरा हुन् । गाऊमा बाटो गए पनि जनता शहरबाट गाऊ तिर हैन उल्टै बचेखुचेका मान्छे पनि शहर जानु भनेको केवल बृद्धि मात्र हो विकास हैन ।

३. समृद्धि एउटै भएतापनि यसको परिभाषा सबैले आआफ्नै किसिमले दिने गरेको पाईन्छ । सामान्यतया समृद्धि भनेको अधिक क्रयशक्ति र न्युन बेरोजÞगारीको अबस्थालाई बुझाउने भएतापनि अधिकांशले आम्दानीलाई नै मूख्य शुचकका रुपमा लिएको पाइन्छ । त्यस माथि हामी साम्यबादी वा कम्युनिष्टहरूकालागि भने समृद्धि भनेको साझा समृद्धि नै हो । यसमा सम्पूर्ण जनताको क्रयशक्ति बढी र बेरोजगारी कम मात्र भएर पुग्दैन उनिहरुको जीवनस्तर, शान्ति सुरक्षा र अमनचयनका साथै सुशासन र वातावरणीय दीगोपन जस्ता कुराहरू पनि अनिवार्य सर्तहरू हुन् ।

यसकालागि हाम्रो बृद्धि, विकास र समृद्धिको निष्चित परिभाषा, मापदण्ड, मार्गदर्शन तथा माइलस्टोनको पनि निर्क्यौल गर्नु जरूरी छ । यसमा विकास तथा समृद्धिका अन्तराष्ट्रिय परिसुचकहरू तथा सुचांकहरू वा आधाररूलाई समायोजन गर्नु जरूरी छ । यसका लागि वास्तविक तथ्यांकहरूको संकलन र त्यसको सही विश्लेशण गर्नुका साथै गुरूयोजना बनाई सफल कार्यान्वयन गर्नु जरूरी छ ।

काठमाडौँ, भाद्र ९, २०७७ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई