गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

पाँचथर प्रहरीका अनुसार कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोकलाई पक्राउ गरेको हो ।

पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास राइफलको लाइभ राउन्ड थान एक र बारुद जस्तो देखिने पदार्थ २७.७१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई खरखजाना तथा बिष्फोटक पदार्थ कसुरमा पाँच दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक

काठमाडौँ, ६ असोज ।कैलालीमा एक युवकमाथि खुँडा प्रहार भएको छ । प्रहरीका अनुसार टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका