नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड थप

काठमाडौँ, १ भदौ  । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपियाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९ रुपियाँ प्रदान गरेको छ ।

रकम प्राप्ति समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाए । उनले बैङ्कहरू प्रतिस्पर्धी हुँदा अर्थतन्त्रलाई नै सहयोग पुग्ने भन्दै केन्द्रीय बैङ्कको निर्देशनभित्र रहेर काम गर्न आग्रह गरे ।

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरूले सोहीअनुरूप रकम सहयोग गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।