“बोधिबृक्ष” 

पुर्बी नेपालको आठराइमा अङ्कुरित भइ
सोही माटो मै लहरिदै हुर्कीइ
फुल्न थाल्यो ऊ
अध्यारा बस्ती उजिल्याउन
कोपिला रुपी कलीलो उमेर मै
सामन्तीका झरीले उसको स्वभाव रुचाएन
तसर्थ
उसको डाठ र हागा भाच्न लगायो
कोपिला चुड्न लाज्ञो, पात लुछ्न थाल्यो
तर ऊ कत्ती पनि बिचलित भएन
कत्ती पनि हार मानेन
किनकी ऊ बोधिबृक्ष थियो ।

अल्लारे उमेरमा पनि उसले
बिभेद र अत्याचार सहन जानेन
हुँदा खाने र हुने खाने बिचको बिभेद देख्नै सकेन
दमन र ब्यभिचार सहन मानेन
हुकुमी शाशन मान्दिन भन्यो
समानताको नारा घन्काउन थाल्यो
अन्याय र अत्याचारको प्रतिकार गर्दै
क्रान्तीको बिगुल फुक्यो ।
किनकी ऊ बोधिबृक्ष थियो ।

फक्रदो स्वरुप र कल्कलाउदो रुप देखेर्
नफुल्नका लागी दुनिया शक्तीले उसलाई
धम्क्याए, थर्काए, लोभ्याएर बिचलित पार्न चाहे
जराको माटो खोस्रेर उसलाई सुकाउन चाहे
सुबासित छवीलाई धमिल्याउन खोजे
बिभिन्न आरोप लागाइ निमिट्यान्न पार्न खोजे
तर ऊ किमार्थ बिचलित भएन
किनकी ऊ बोधिबृक्ष थियो ।

फक्रदो स्वरुप सुवासित हुँदै जादा
आफ्नै भनाउदा ले नै उसको डाहा र इर्स्या गर्न थाले
आपसमा लाडाउन र भिडाउन खोजे
सारा सामन्ती शक्ती एक मुख भएर खेदो खन्दा
ऊ आफ्नै स्थानमा अडिग रही रह्यो
हागा छिमोल्न जती नै खोजे पनि
ऊ हड्बडाएन्, ऊ डट्यो, लढ्यो
तब त झिनामसिना हावाहुरी र असिनापानीले
न उस उसलाई उखेल्न सक्यो
न त हल्लाउन नै सक्यो
किनकी ऊ बोधिबृक्ष थियो ।

ऊ सच्चा क्रान्तिकारी थियो
तर उग्र क्रान्तीको पक्षधर थिएन
ऊ सच्चा रास्ट्रभक्त थियो
त्यसैले त ऊ न लोभियो, न त अवसर लिन नै चाह्यो
उसको भित्री र बाहिरी छवी देखी
छिमेकीहरु समेत इर्स्या गर्थे
धारिलो हतियार देखाइ काटेर छिनाइदिने धम्की दिन्थे
तर
ऊ कदापी हल्लिएन्, झुकेन्, न त लुक्यो नै
किनकी ऊ बोधिबृक्ष थियो ।

ऊ जे राम्रो हो, त्यही सोच्थ्यो, त्यही नै गर्थ्यो
बैरी जमातले के भन्लान्, के ठान्लान्,
चिन्ता कदापी गर्दैनथ्यो
त्यसले आफुलाई पछी कतै अफ्ठ्यारो पार्ने पो हो कि
कहिल्यै मतलब गर्दैनथ्यो
समाजको हित उन्नती कसरी हुन्छ
ऊ बस।। त्यत्ती मात्र सोच्थ्यो
र त्यही मात्र गर्थ्यो
ऊ ब्यभिचारी हरुको सत्रु थियो
बहुसङ्ख्यक दिन-दुखीको मित्रु थियो
ऊ एक कर्मठ र सच्चा बृक्ष थियो
उसको सुवासमा प्राणवायु थियो
त्यसैले त सबैले उसलाई आवस्यक ठाने
किनकी ऊ बोधिबृक्ष थियो ।

सोचाइ र काममा उसको फरक क्रान्ती थियो
जस्तोसुकै दवाबमा पनि
सेतोलाई सेतो नै कालोलाई कालै भन्थ्यो
सामन्ती खुरापातीहरु सँग न झुक्थ्यो, न त लुक्थ्यो नै
ऊ सत्रुको सामना एक्लै गर्न सक्थ्यो
असत्य माथी तिखो बाण प्रहार गर्थ्यो
दुख मा आत्तीने र सुखमा मात्तिदैनथ्यो
हृदयमा इमान्दारी थियो, काधमा जिम्मेवारी थियो
उसको यही गुण नै
सारा जनमानस लाई अपरिहार्य आवस्यकता बन्यो
किनकी ऊ एक बोधिबृक्ष थियो ।
किनकी ऊ सच्चा बोधिबृक्ष थियो ।

तिलक राम घिमिरे (निर्मल)
बालगङ्गा, हरिवन नगरपालिका १० सर्लाही
हाल : जापान

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो