महेश बस्नेतविरुद्ध झुठा लाञ्छना : कहिँ पे निगाहें, कहिँ पे निशाना !

मदन बस्नेत-

तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणको मुद्दा नवगठित मधेसी दल, जनता समाजवादी पार्टी (जसपा)ले जोरजबरजस्ती प्रचार गरेजस्तो अपराधिक नभएर फगत एउटा राजनीतिक परिघटना मात्र थियो भन्ने तथ्य त्यसयताका विकसित घटना क्रमहरुले पुष्टि गरिसकेको छ ।

संसदको बजेट सत्रलाई सम्बोधन गर्ने क्रममा सांसद अपहरणको मुद्दालाई गोयबल्स शैलीमा प्रचार गर्दै आएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वयंले नै एउटा राजनीतिक मुद्दाको संज्ञा दिदै दुवै पक्षद्वारा आत्मसमीक्षा गर्नुपर्ने र आपसी तिक्ततालाई मेट्नु पर्ने धारणा राखेपछि ‘अपहरणको कथित मुद्दा’ प्रचार गरिएजस्तो अपराधिक नभएर राजनीतिक नै हो भन्ने तथ्य स्वतः प्रमाणित हुन पुगेको छ ।

नेकपाभित्रकै शीर्ष नेताहरूले दल बदल सम्बन्धी बिधेयकलाई लिएर पार्टीभित्रै अनावश्यक बखेडा नझिकेको भए र प्रतिपक्षी दलहरूले भन्दा बढी, प्रतिपक्षी बन्ने होडबाजी नगरेको भए यतिबेला मुलुकको राजनीतिले एउटा नयाँ मोड लिइसकेको हुने थियो । र, त्यसको श्रेय लिने होडबाजी पनि अहिले ठूला ठूला स्वरले विरोध गर्ने पार्टीभित्रकै नेताहरुबीच चलिराखेको देख्न पाइन्थो । अहिले परिस्थिति उल्टो भएको मौका छोपेर आफ्नै पार्टीका नेता र नेतृत्वको मानमर्दन गर्दै हिड्ने र ‘कहिँ पे निगाहेँ, कहिँ पे निशाना’ गर्नेहरु पार्टीभित्रै पनि बग्रेल्ती देखिन थालेका छन् ।

डाक्टर भट्टराई सम्मिलित पार्टी समाजवादी मात्र होइन राजपा भित्र पनि त्यहाँभित्रका सच्चा मधेसवादी नेता र असली भूमिपुत्रहरुले पार्टीभित्र विद्रोहको तयारी गरिसकेको अवस्थामा त्यहाँभित्रको राष्ट्रवादी मधेसी नेताहरुको नेतृत्वमा एउटा नयाँ र सशक्त बैकल्पिक मधेसी शक्तिको रुपरेखा तयार हुँदै थियो । त्यसैले त्यहाँभित्रको विद्रोह स्वभाविक नै हो ।

त्यस्तो विद्रोहको नेतृत्व गर्ने नेताहरुले नै विद्रोह पश्चात् राष्ट्र निर्माणको मूल प्रवाहमा सामेल हुने इच्छा प्रकट गरेको र त्यसका लागि सहजीकरण गरिदिन नेकपाका युवा नेता महेश बस्नेतलाई गुहारेपछि जुन भूमिका र सक्रियतामा महेश बस्नेत प्रस्तुत भए, वास्तवमा त्यो एउटा सुझबुझपूर्ण रुपमा चालिएको राजनीतिक कदम नै थियो । त्यही कदमलाई ‘तिललाई पहाड’ बनाएर विरोध गर्नुको कुनै तुक छैन ।

पार्टीभित्रको फुट र विद्रोहबाट त्रसित र आफ्नो जमिनदारी खोसिने डरले भयभीत दुवै मधेसी दलका नेताहरूले नाटकीय रुपमा रातारात पार्टी एकता गरेपछि डा.यादवलगायतका समाजवादी दलका सांसदहरुको विद्रोह तुहिन पुगेको तथ्य कसैबाट छिपेको छैन ।

पार्टीको सम्भावित कारवाहीबाट जोगिन आफ्नो पूर्व बयानलाई फेर्दै पार्टी नेता भट्टराई र उपेन्द्र यादवको उक्साहटमा उनीहरुले जे पाठ पढाए, त्यही सुगा रटाईलाई डा. यादव अहिले दोहो¥याइरहेका छ्न । तर, त्यो सत्यलाई जनताले पनि राम्ररी बुझिसकेका छ्न् । त्यसैले, अपहरणको बकबकको कुनै अर्थ र तुक छैन, अब ।

डा. यादव अपहरणमा परेको भए काठमाडौं आएको भोलिपल्ट होइन त्यसै दिन र तत्काल पार्टीलाई होइन, उनलाई घरमा लिन पुगेकै बेला प्रहरीलाई उजुरी गर्थे । काठमाडौं आउने क्रममा पार्टीका नेता र सांसदहरूलाई पटकपटक भेटेका र फोन सम्वाद गरेका सांसद यादवले आफू अपहरणमा परेको भनेर त्यतिञ्जेल किन कसैलाई भन्न आवश्यक ठानेनन् ? यात्राका क्रममा ठाउँ ठाउँमा विश्राम गर्दै खाजा नास्ता खाँदै र राजनीतिक भेटघाट गर्दै आउन कसरी सम्भव हुन्थ्यो ? घर परिवारले पनि अपहरण गर्न आएका भनिएका माननीयहरुलाई किन मेजमाजी गरेर पठाउँथे ? होटलको छुट्टै कोठामा राति एक्लै सुतेका उनी, किन फुत्त भागेनन् ? किन राति उनले कहिँकतै पनि अपहरणको जानकारी दिएनन् ? भन्ने यावत सवालहरु यतिखेर जनताले नै उठाइरहेका छन् ।

त्यसैले कथित अपहरण प्रकरण महेश बस्नेतको राजनीतिक उचाई र लोकप्रियताबाट अत्तालिएकाहरुले उनीमाथि रचेको सुनियोजित षडयन्त्र मात्रै हो भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।

विकासको दृष्टिकोणले सधैं ओझेलमा परेको भक्तपुर, महेश बस्नेतको अगुवाई र नेतृत्वमा यतिखेर नमुना जिल्लाको रुपमा अघि बढिरहेको छ । विकास खोज्न भक्तपुरले सिंहदरबार होइन, विकास हेर्न सिंहदरबार भक्तपुर आउने छभन्ने महेश बस्नेतको चुनावी नाराले यतिबेला सार्थकता पाएको छ ।

यतिखेर पार्टीभित्र र बाहिरबाट जसरी महेश बस्नेतमाथि प्रहार भइरहेको छ र कथित अपहरणको झुठा मुद्दाको तानाबुना बुन्दै सरकार र पार्टी नेतृत्वको बदनाम गराउने दुस्प्रयास गरिँदैछ, त्यसले के स्पष्ट भएको छ भने उनीहरु महेश बस्नेतको काँधमा बन्दुक राखेर सरकार र नेकपाको पार्टी नेतृत्वविरुद्ध निशाना तेस्र्याउन खोजिरहेका छ्न् । र, पानी धमिलो पारेर, माछा मार्ने षड्यन्त्र गरिरहेका छ्न् ।

महेश बस्नेतको केन्द्रीय राजनीतिमा बढ्दै गएको भूमिका र चुलिँदै गएको ब्यक्तित्वबाट अत्तालिनेहरु पार्टी बाहिर मात्रै होइन, पार्टीभित्रै पनि निकै छ्न् । त्यसैले उनीमाथि विपक्षी दलहरुले धावा बोलिरहँदा आफ्नै दल भित्रैबाट खुच्चिङ् भन्ने र काखी बजाउनेहरु पनि निकै देखिएका छ्न् । ती सबैको लेखाजोखा पार्टीका इमान्दार कार्यकर्ताहरुले गरिरहेका छ्न् र समय आएपछि प्रत्येकसँग हिसाबकिताब पनि अबश्य नै खोज्नेछन् ।
हेक्का रहोस्, बस्नेत टुप्पाबाट पलाएका र कसैले फुत्त टिपेर माथि पु¥याइएका नेता होइनन् । २३ वर्षको कलिलो उमेरमै नेपालकै सबैभन्दा कान्छो गाविस अध्यक्ष बनेर रेकर्ड कायम गरेका जनप्रिय नेता हुन् ।

खुला राजनीतिमा आउने बितिक्कै माओवादीको वाईसीएलको डर, त्रास, अपहरण, आतंक र चन्दा असुलीले सिंगो नेपाली समाजलाई त्राहीमाम पारेको बेला युवा संघको नेतृत्व गर्दै उनीहरुविरुद्ध निधारमा कात्रो बाँधेर प्रतिकारमा उत्रेका बस्नेतको योगदानलाई नेपाली जनताले भुलेका छैनन् र, भुल्न पनि सक्तैनन् ।

राजधानी निकटको ऐतिहासिक नगरी भक्तपुरले राष्ट्रिय राजनीतिमा कहिल्यै पनि चर्चा पाउन सकेन । बत्तीमुनिको अँध्यारो भनेझैं सधैं गुमनाम रह्यो । यहाँका थुप्रै नेताहरु सांसद भवन बानेश्वर त पुगे तर मुलुक हाँक्ने हैसियतमा सिंहदरबार कोही पनि पुग्न सकेनन् । तर, जब युवा नेता महेश बस्नेतले समानुपातिकको सजिलो बाटो छाडेर सांगठनिक रुपले अति नै कमजोर चुनावी क्षेत्र, आफ्नै गृह जिल्ला भक्तपुरको चुनावी मैदानमा उत्रिए तब एकाएक सबैको ध्यान भक्तपुरतिर मोडियो ।

महेश बस्नेतको ब्यक्तित्व र उनीप्रतिको जनविश्वासले तेस्रो हैसियतको पार्टीको स्थिति पहिलो श्रेणीमा मात्र उक्लिएन, भक्तपुरले पहिलो पटक सिंहदरबार छिरेर मुलुक हाँक्ने स्वच्छ छविको युवा मन्त्री पनि पायो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’को ओझेलमा परेको तत्कालिन एमालेको भक्तपुरको राजनीतिक परिधि महेश बस्नेतको चुलिँदो उचाई सँगसँगै उक्लिदैं गयो र भक्तपुर जिल्लाको राजनीतिक समीकरण नै पुरै बदलियो । अहिले जिल्लाका चारवटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा नेकपाले नेतृत्व गरिरहेको स्थिति सबै सामु छर्लङ्ग नै छ ।

विकासको दृष्टिकोणले सधैं ओझेलमा परेको भक्तपुर, महेश बस्नेतको अगुवाई र नेतृत्वमा यतिखेर नमुना जिल्लाको रुपमा अघि बढिरहेको छ । ‘विकास खोज्न भक्तपुरले सिंहदरबार होइन, विकास हेर्न सिंहदरबार भक्तपुर आउने छ’ भन्ने महेश बस्नेतको चुनावी नाराले यतिबेला सार्थकता पाएको छ ।

महेश बस्नेतकै नेतृत्वमा अहिले भक्तपुरमा चौतर्फी रुपमा विकास निर्माणका कामहरु भइराखेका छन् । जिल्लाका गाउँ बस्ती पुग्ने साँगुरा सडकहरु फराकिला मात्रै भएका छैनन्, त्यहाँ ढलको उचित प्रबन्ध र त्योसँगै सडकलाई कालोपत्रे गर्ने कार्य पनि भइराखेको छ । पुराना पुलहरुलाई फराकिला नयाँ पुलहरुले विस्थापित गरिरहेका छन् । गाउँ गाउँमा नयाँ–नयाँ सामुदायिक भवनहरु बनेका छ्न् । जिल्लाका सबै घरहरुमा स्वच्छ र पर्याप्त खानेपानीको बन्दोबस्तीको अभियानले मूर्तरुप लिएको छ । विकासका हरेक कामको निगरानी गर्न उनी आफै फिल्डमा खटिरहेका छन् ।

जिल्लामा सुरु भएको विकासको त्यो अभूतपूर्व अभियान आपसेआफ वा कुनै दैविक चमत्कारबाट सम्भव भएको होइन, विकास निर्माणमा भक्तपुरले त्यसरी फड्को मार्नुमा उनै महेश बस्नेतको प्रमुख भूमिका रहेको कुरा जनताले राम्रैसँग बुझेका छन् । केन्द्रको राजनीतिमा बस्नेतको पहुँच र उनको निरन्तरको मेहनत र खटाईको परिणाम नै हो, अहिलेको आधुनिक भक्तपुर ।

विकास र समृद्धिको अभियानमा मात्र होइन, सामाजिक कार्यहरुमा पनि उनको खटाई निरन्तर नै छ । २०७२ को भूकम्पका बेला आफै फिल्डमा खटेर लागेको र अहिलेको लकडाउनमा पनि ज्याला मजदुरी गरी खाने अतिविपन्न परिवारहरुलाई राहत जुटाउने काममा पनि उनी अहोरात्र खटिएका पनि सबैले देखेकै छ्न् । गन्तव्यमा पुग्न बाटोमा हिंडेकाहरुलाई भक्तपुरको गठ्ठाघरदेखि जगातीसम्म दैनिक खानाको मेस पनि उनकै पहलमा चलेको छ ।

त्यसैले उनको ब्यक्तित्व र सक्रियताबाट अत्तालिएकाले अनावश्यक बखेडा झिक्दैमा र कथित अपहरणको झुठो मुद्दाको प्रपञ्च रच्दैमा त्यसले महेश बस्नेतको राजनीतिक उचाई र ‘विकास र समृद्धि’प्रतिको उनको अभियानमा कुनै असर पर्नेवाला छैन ।

त्यसैले डा. बाबुराम भट्टराई एन्ड कम्पनीले माननीय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि बलात् थोपरेको अपहरणको कपोलकल्पित मुद्दालाई बढाईचढाई गरेर महेश बस्नेत पक्राउ पर्ने र जेल जानसक्ने भनेर अनर्गल प्रचार गर्नुको कुनै अर्थ छैन । उनीहरुको छर्न खोजेको भ्रम र झुठो बयानबाजीलाई जनताले तिरस्कार गरिदिइसकेका छन् ।

तिललाई पहाड बनाउनेहरुले बुझी राखुन् कि जेल महेश बस्नेत होइन, डा. बाबुराम भट्टराई पुग्दै छन् । साइवर क्राइमको अभियोगमा उजुरी त परिसकेकै छ । अब, अठार हजार मान्छे मारेको, हजारौंको अंगभंग गरेको र लाखौं लाख नेपाली जनतालाई घरबारविहीन तुल्याएको अभियोगमा अन्तर्राष्ट्रिय अदालतको कठघरामा समेत उनलाई उभ्याइने छ । अनि, उनलाई अब काठमाडौंमा होइन, बयानबाजीका लागि ‘हेग’मा पु¥याइने छ । त्यसैले, सीसाको महलमा बस्नेहरुले अर्काको घरमा ढुंगा नहानेकै जाति ! चेतना भया !

बस्नेत हाल क्यानडामा बसोबास गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021