राज्यलाई चाहिने ‘राष्ट्रियता’

प्रेम बहादुर बुढ्थापा

राष्ट्रसँगको विशेष सम्बन्ध नै राष्ट्रियता हो । यो व्यक्ती र राष्ट्रकाबीचमा भएको कानुनी सम्बन्ध पनि हो । राष्ट्रियता प्राप्त व्यक्तिले राष्ट्रको सिमाना भरी निष्फिक्री डुल्न पाउने र राज्यको सुरक्षा पाउने अधिकार प्राप्त हुने भएकाले राष्ट्रियता नागरिकको अधिकार र दायित्वको विषय पनि हो । सार्वभौम नागरिकले राज्यलाई जिवित बनाउँछन् । राज्य जनताका माध्यमबाट सम्पन्न हुने आवधिक निर्वाचनले बलियो हुन्छ र शासन गर्ने क्षमता राख्दछ । यद्यपी आवधिक मतदान गरेको नागरिकले त्यसपछिको दायित्व ख्याल राख्छन् होला रु यो भने सोचनिय विषय हो ।

एउटा राज्य देशको चारकिल्ला सहितको भुगोल र जनतामा सबैभन्दा बढि निर्भर हुन्छ । भुगोल राज्यको सरिर हो भने बासिन्दा राज्य संचालनको आत्मा हुन् । कहिलेकहीं जनताको बस्तीप्रति राज्य केन्द्रित हुनुपर्ने सवाल बेस्सरी उठ्छन् । तर यथार्थमा राज्य भूगोल र जनता दुबैप्रति समान रुपमा केन्द्रित रहनैपर्छ । यसर्थ राष्ट्रियता भूगोल र यसले आर्जन गरेका आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका पक्षहरु संगको नागरिकको अपनत्व पनि हो । नागरिकले राज्यको भूगोलमा उत्पादन भएका आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको जगेर्ना नगरी राष्ट्रियता बलियो हुँदैन । यसले राज्यको इच्छाको कार्यन्वयनमा सोझो असर गर्छ । देश सानो र ठूलो हुनुले अर्थ नराख्ला यद्यपी साना राज्यले सधैं आफ्नो अस्तित्वको चिन्ता राख्नु पर्ने हुनाले राष्ट्रियताको ठूलो महत्व हुन्छ । युक्रेनबाट क्रिमिया छुट्टिनुलाई पनि राष्ट्रियता माथिको संकट थियो ।

नेपालमा १२५ जात, १२३ भाषा र १० भन्दा बढी धर्म मान्ने मानिसहरु छन् । भूगोलले नेपाललाई विविधतापुर्ण बनाईदिएको छ । यिनै विविधताका विचमा एकता कायम राख्न जो सुकै राज्यलाई चुनौती हुने गर्छ । सन् १९९४ मा रुवान्डाका हुटु अतिवादीले त्यहाँका टुट्सी अल्पसंख्यकलाई लक्षित गरी एक सय दिनमा ८ लाख मानिसको नरसंहार गरे।व्रिटिसले भारतभूमीलाई सन् १९४८ मा भारत र पाकिस्तानलाई धर्मको आधारमा विभाजन गरेका थिए जुन वास्तवमा आजसम्म भारत र पाकिस्तानको सत्रुताको बिउ हो । यि उदाहरण थेग्न सक्ने हाम्रो सामर्थ्य छैन् । यसैले राष्ट्रियताको विभाजन कुनै पनि राष्ट्रका लागि घातक विषय हो ।

नेपालको भौगोलिक सिमाना विश्वका दुई उदयिमान ठूला राष्ट्रसँग छ । राज्यसँग सरोकार राख्ने महत्वपूर्ण कुरा जिवित रहन पनि यि दुई छिमेकीसँगको राम्रो र असल सम्बन्ध हाम्रो महत्वपूर्ण विकल्प हो । यसका साथै नेपालको अर्थतन्त्र अप्रत्यक्ष रुपमा भारतमा निर्भर छ । कुल निर्यात व्यापारको ९० प्रतिशत भारतसँग हुन्छ । घरमा विहान उठ्दा खाने चियामा चाहिने चिनीदेखि ठूला औद्योगिक मेसिनरीमा भारतकै भर छ । तीनतिर र सिमानाको सहज भूमिमा भारत जोडिएको कारण तेस्रो देशसँगको हाम्रो सम्पूर्ण कारोबार भारतमाथि निर्भर छ । यसको अनुभव भारतले बेलाबेला सिमा नाकामा गर्ने व्यावहारले नै प्रष्ट गरिसकेको छ । यसैले अव हामीले भारतसँग समतापूर्ण कारोवार कायम गर्न सकिएन भने विश्ववयापीकरणले हाम्रो निर्भरता अझ बढ्ने देखिन्छ ।

वास्तवमा अव नेपालमा राष्ट्रियताको संरक्षण र व्यवस्थापनमा नागरिकको जिम्मेवारी बढेको छ । नेपालको सिमाना मिचिदा पोल्ने मुट्टुले नेपालको बारीमा तरकारी कुँहिदा काटिनु पर्छ । राज्यको लगानीमा लामो समय अध्ययन गरी बाकीं जिवन विदेशमा विताउन पिआर र ग्रिन कार्डको लागि मरिमेट्ने संस्कार नघटिकन देश विकासको पक्ष कमजोर रहन्छ । अहिले नेपाल बाहिर ४० लाख युवा भएको तथ्याङ्क छ । यो तथ्याङ्क बढ्नु राज्यको लागि सुखद हैन भलै यसले नेपालको लागि भुक्तानी सन्तुलनमा सहयोग गरेको होस । नेपालका १ करोड १५ लाख भन्दा बढि युवाले बिदेशी उद्यमीकोमा श्रम हैन स्वयम उद्यमी बन्ने आँट राख्नुपर्छ । स्वदेशी फिल्म, गित, कपडा लगायत जुनसुकै स्वदेशी उत्पादन प्रति मोह जगाउन सक्नुपर्छ । पाकिस्तान जाँदा मैले त्यहा सबै खालका मानिसले एकैखालको स्वदेशी मोटरसाइकल चढेको देखेको थिए । स्वदेशीपनमा मिठास नदेखिकन देशको विकास असम्भवप्राय नै रहेछ भन्ने मेरो पाकिस्तान भ्रमणको अनुभव थियो । अन्यथा राष्ट्रियता जनताले नअपनाइ देखाउने मात्र बन्ने र सरकार यसकै व्यावस्थापनमा रुमल्लिरहने अवस्था रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो

काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण

काठमाडौँ, १ माघ । थप ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५

काठमाडौँ, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार