किरातहरूको महान चाड साकेला पर्व (उभौली-उधौली)को संक्षिप्त परिचय

साप्सुखोला किनारैमा
आहै … आरावलको धरान सेमुना
चेली-माइती भेट भयौं
आहै … साकेन्वाको शरण सेमुना … ।

१. साकेला पर्व (उभौली-उधौली) भनेको के हो ?

सांस्कृतिक विविधताको आधारमा पूर्वी नेपाल अर्थात पूर्वमा टिष्टा नदी, पश्चिममा त्रिशूली नदी, उत्तरमा हिमालय पर्वत र दक्षिणमा चुरे पर्वतसम्मको विशाल पहाडी भूभागमा प्राचीनकाल देखि रहदै, बस्दै आएका किरातहरूको महान चाडलाई ‘साकेला’ एवं ‘उभौली-उधौली’ पर्वको नामले पुकारिन्छ । फरक-फरक किरात भाषा अनुसार यस चाडलाई साकेला, साकेवा, साकेन्वा, साक्ले, तोषी, भूमे, भूमि, चण्डी आदि नामहरूले समेत पुकारिन्छ । चाम्लिङ, बान्तवा, तिलुङ, याम्फु, लोहोरूङ, याक्खा, आठपहरिया, पुमा, साङपाङ, नेवाहाङ, नाछिरिङ, कुलुङ, थुलुङ, कोयुरकोयी, दुमी, खालिङ, बाहिङ, सुनुवार, अम्बु आदि साकेला पर्व मनाउने प्रमुख किरातहरू हुन् । उनिहरूका अनेक पाछाहरू हुन्छन् ।

किरातहरू प्रकृति पूजक हुन्छन् । उनिहरू जल, पृथ्वी, अग्नि, बायु र आकाश यी पॉच तत्वको एकीकृत रूपलाई प्रकृतिमाता (सुम्निमा)को रूपमा पूज्दछन् भने चराचर जगत तथा विश्वब्रम्हाणलाई चलायमान एवं गतिशील बनाउने प्रमुख शक्तिलाई साकेन्वा (पारूहांग)को नामले पुकार्दछन् । सा र केन्वा शव्द संयोजन भएर ‘साकेन्वा’ भएको हो । किरात भाषामा ‘सा’ को अर्थ समाजरलोकरसंसाररविश्वब्रम्हाण्ड र ‘केन्वा’ को अर्थ रक्षकरपालक भन्ने हुन्छ । ‘चराचर जगतका रक्षक एवं लोककल्याणकारी’ तिनै इश्वरिय शक्तिको श्रद्दा भक्तिपूर्वक पूजा, आराधना गर्ने प्रमुख दिनलाई नै साकेला पर्व एवं उभौली-उधौली नामले पुकारिएको हो ।

२. उभौली भनेको के हो ?

पूर्विय दर्शनका आधारमा माघे संक्रांतिबाट सूर्य उत्तरायण अर्थात कर्कट रेखातर्फ प्रवेश गर्दछन् । लोक मान्यताको आधारमा प्रकृतिको यस चक्रलाई हामी बर्खा लागेको भनेर बुझ्दछौं । उत्तरायणको आरम्भमा खहरिएको भूइँमा मसिना घॉसपातहरू पलाउन थाल्छन् । विस्तार-विस्तार रूख-विरूवाहरू पाउलिन थाल्छन् । आकाश गर्जदै पहिलो मनसुनी वर्षा सुरू हुन्छ । उक्त वर्षासँगै जताततै हरियाली छाउँदछ । पानीका मूलहरू फुट्न थाल्छन् र नदीनालामा पानीको सतह बढेर आउछ । जाडो छल्न लेकबाट औलो झरेका पशुपंक्षी तथा जलचरहरू आ-आफ्ना बासस्थानमा फर्कन्छन् । रंगीचंगी फूलहरूसँगै बोट बिरूवाहरूमा फलफुलका चिचिलाहरू लाग्न थाल्छन् ।

चराचुरूंगीहरूले बच्चा कोरल्छन् । उता मनसुनी वर्षासँगै गाउँ घरमा खेतिपातीको याम सुरूहुन्छ । यसरी बैशाख पूर्णिमासम्मको समयमा प्रकृतिले अत्यन्त शुन्दर रूप फेरिसकेको हुन्छ । सोहि मौक़ा पारेर किरातहरूले बैशाके पूर्णिमाबाट १५ दिनसम्म साकेला (उभौली पर्व) धुमधामकासाथ मनाउदै प्रकृतिमातासँग खेतबारीमा बाढ़ी पहिरो नलागोस् । अन्नमा सह होस् । रोग-ब्याधी, रूढा-देशान हटेर जाओस् । समयमा पानी परोस् । गाईबस्तु गोठको रक्षा होस् । गाउँ समाजमा मरौ-परौ केहि नपरोस् । घर परिवारमा सुख-शान्ति छाओस् भनि पुकारा गर्दछन् ।

३. उधौली भनेको के हो ?

पूर्विय दर्शनको आधारमा श्रावण संक्रांतिबाट सूर्य दक्षिणायन अर्थात मकर रेखातर्फ प्रवेश गर्दछन् । लोक मान्यताको आधारमा प्रकृतिको यस चक्रलाई हामी हिँउद लागेको भनेर बुझ्दछौं । दक्षिणायनको आरम्भसँगै दिन छोटो हुन थाल्छ । मनसुनी झरी हटेसँगै भूइँ खहरिएर घॉसपातहरू सुक्न थाल्छन् । रूख-विरूवाका पातहरू झर्न थाल्छन् । विस्तार-विस्तार जाडो पलाउछ । पानीका मूलहरू सुक्न थाल्छन् र नदीनालामा पानीको सतह घट्न थाल्छ । खेतबारीमा लगाएका अन्नबालीहरू पाक्न थाल्छन् । जाडो छल्न लेकबाट जिवजन्तू, पशुपंक्षी एवं जलचरहरू औलो तिर झर्छन् ।

यसरी मंसिर पूर्णिमासम्मको समयमा प्रकृतिले अर्कै रूप फेरिसकेको हुन्छ । सोहि मौक़ा पारी किरातहरूले मंसिरे पूर्णिमा (उधौली पर्व)को दिन प्रकृतिमाता एवं कुलपितृलाई नयॉ पाकेको अन्नबाली चढाई समयमा पानी पर्नाले अन्नमा सह भरिदिएको, रोग-ब्याधी, रूढ़ा-देशान सबै हटाई मानव जातिको रक्षा गरिदिएको, गाईबस्तु, पशुपंक्षी एवं खेतबारीको रक्षा गरिदिएको तथा लोकमा सुख-शान्ति गराईदिनु भएकोमा साकेन्वा एवं प्रकृतिमातालाई धन्यवाद दिदै धुमधामकासाथ साकेला पर्व (उधौली) मनाउने गर्दछन् ।

खोज, अनुसन्धान तथा लेखन
नवीन खडका (अध्यक्ष/लोकगायक)
अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र नेपाल, बत्तिसपुतली, काठमाडौँ
हाल: बाल्टिमोर, मेरिलैण्ड, अमेरिका
२५ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९

shankar-pokharel

काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको

एजेन्सी, ६ माघ । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्