कोभिड—१९ र उद्योगी व्यवसायीप्रति राज्यको दायीत्व

कोभिड—१९ ले विश्व जुन किसिमले प्रभावित भएको छ, नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । आजको दिनसम्म नेपालमा ५४ जना संक्रमित देखिएको छ र यो अवस्थासंग जुध्न नेपालमा ३६ दिनदेखि लकडाउन गरिएको छ । यो विषम परिस्थितिमा राज्यले नागरिकको जिवन रक्षा गर्नु पहिलो प्राथमिकता हो भने यो संगै मुलूकको अर्थतन्त्रलाइ धरासायी हुनबाट जोगाउनु चुनौति रहेको छ ।

यो विषम परिस्थिति आर्थिक मेरूदण्ड जोगाइ राख्न साना ठूला सबै किसिमका व्यापारी, व्यवसायि र उद्योगिलाई लक्षित गरि अल्पकालिन र दिर्घकालिन गरि दुइ किसिमका नीति तथा कार्यक्रम तय गर्नुपर्छ जस्के माध्यमबाट व्यापारी व्यवसायी र उद्योगि आफु र आफ्नो व्यवसाय सुरक्षित राख्न सकुन ।

अल्पकालिन नीति तथा कार्यक्रम अन्तर्गत तत्काल सरकारले व्यापारि तथा व्यसायिको घरबहाल र बैक तथा वितिय संस्थाको व्याज छुटका लागि सम्बन्धित निकायहरूसंग समन्वय र सहकार्य गरि विशेष किसिमको कार्यक्रम घोषणा गर्नुपर्छ जुन कार्यक्रमले बहालवाला घरधनि र बैक सबै पक्षले यो संकटको घडिमा आफु सुरक्षित रहि सरकारको अनुभुति गर्न सकुन ।

यो अवस्थामा खाद्यान तथा स्वास्थ्य सामाग्रीको सहज आपुर्तिका लागि निजिक्षत्र संग समन्वय र सहकार्य गर्नु जरुरी छ, जस्ले गर्दा बजारमा अतिआवश्यक वस्तुको अभाव सृजना नहोस । कोभिड—१९ संक्रमण फैलिन नदिन र नागरिकको जिवनलाई सामान्य अवस्थामा लेराउन संक्रमितको खोजी, परिक्षण र उपचारमा जोड दिई रेड जोन र ग्रीन जोन छुट्टयाई लकडाउनलाई केहि खुकुलो बनाउदै जानु पर्ने देखिन्छ । स्वास्थ्य सुरक्षालाइ अनिवार्य गरि वस्तुको प्रकृति हेरि ग्रनी जोनका व्यापार व्यवसाय र उद्योग संचालन गर्दै लानु पर्दछ ।

त्यस्तै दिर्घकालिन योजना अन्तर्गत कोभिड—१९ ले विश्वनै प्रभावित भएकोले नेपालबाट बिभिन्न मुलूकमा रोजगारिकालागि गएका युवाहरु स्वदेश फर्कन सक्ने सम्भावना भएकोले ति ठुलो संख्यालाइ लक्षित गरि रोजगारिको अवसर सृजना गर्नु आवश्यकता देखिन्छ ।

त्यसका लागि बैकको व्याजदर एक अंकमा निर्धारण गर्ने र साना तथा मझौला काम गर्नेको लागि सहज रुपमा ऋृण प्रवाह गर्ने व्यवस्था गर्नु पर्दछ साथै नेपालमा कृषिको प्रचुर सम्भावना भएकोले युवाहरुलाइ कृषिमा आकर्षित गर्न कृषिमा आधुनिकिकरण भित्राइ आवश्यक मल, विउ विजन र सिचाइको प्रबन्ध गरि उत्पादनको उचित बजारको लागि सहजिकरणको भूमिका खेल्नु पर्दछ ।

हाल सम्मको अवस्था हेर्दा नेपालमा कोभिड—१९ को असर अन्य मूलुकमा भन्दा न्युन देखिएको छ र यस्लाइ र यस भन्दा अगाडी का यस किसिमका फ्लुलाइ समेत आधार मानेर विदेशिहरु आकर्षित हुन सक्नेछ र सरकारले उत्पादन खर्चमा कमि लेरौनि निति लिनु पर्दछ जस्कालागि उद्ययोगको लागि आवश्यक कच्चा पदार्थको आयातमा, ढुवानि र हाल पर्याप्त उत्पादन भएको बिजुलिमा विशेष सहुलियत दिने र उचित बजार व्यवस्थापन गर्नु पर्दछ ।

यसरि उत्पादन खर्च जति कम गर्न सकियो त्यतिनै बजारमा वस्तुको माग वृध्दि हुन्छ र आर्थिक कृयाकलापमा वढ्दछ। त्यसैगरि खुल्ला नाकाबाट हुने चोरि पैठारि र फुटपाथ लगायतका स्थानमा संचालन हुने सबै किसिमका अवैधानिक आर्थिक कृयाकलाप लाइ निषेध गर्नुका साथै करका दर भन्दा दायरालाइ वृध्दि गर्नु जरुरि छ।

भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामै कोभिड—१९ को प्रभाव देखिएको ले गर्दा होटल तथा पर्यटन क्षत्रमा झनै ठुलो असर देखिन्छ र अहिले आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक बजेट तयारिमा जुटिरहेको अवस्थामा कोभिड—१९ ले असर पारेको क्षत्रको सुक्ष्म अध्यन र पहिचान गरि सोहि आधारमा प्राथमिकता निर्धारण गरि व्यापारि व्यवसायि संघ संस्था र अर्थवीद्हरुसंग छलफल गरि बजेट निर्माण गर्नु पर्छ ताकि आर्थिक मेरुदण्डलाइ सुरक्षित राख्न सकियोस ।

चिनसंगको नाका छिटो सञ्चालनमा ल्याउन पहल गर्ने, उधोगका लागि आवश्यक जनशक्ति पुर्ति गर्ने र प्रभावित भएको यातायात र व्यवसायकोे क्षेत्रमा समेत थप शान्तिसुरक्षाको प्रत्याभुति दिँदै व्यवसायिक वातावरण निर्माण गर्न सरकार कटिवद्ध हुनु जरुरी छ ।

सरोज थापा, अध्यक्ष, कोटेश्वर व्यवसायी संघ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा