झापा, ८ पौष । झापामा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीय महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बाटो काट्दै गरेकी ती महिलाको बसको ठक्करबाट घटनास्थलमा मृत्यु भएको थियो ।
मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।




