काठमाडौँ, ७ पौष । नारायण थापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज र शंखरापुर नगरपालिकाको सहकार्यमा साँखुमा वृहत सरसफाई गरिएको छ ।
शंखरापुरस्थित साँखु बजार क्षेत्रको ३ सय जनाको सहभागितामा सरसफाई कार्यक्रम गरिएको थियो । ६,२३३ औं विश्व ब्यापी वातावरण सरसफाई अभियान अन्तर्गत शंखरापुर नगरपालिकाको सहकार्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, गोकर्णेश्वरले शंखरापुर नगरपालिकाको वडा नं. ६ र ७ अन्तर्गतको बजार क्षेत्र सरसफाई गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
सरसफाई कार्यक्रम शुरु हुनुअघि नगरपालिकाको प्रांगणमा एक संक्षिप्त औपचारिक सभाको आयोजना गरिएको थियो । कार्यक्रममा समाजकी सदस्य गीता गिरी र नगर प्रमुख सुवर्ण श्रेष्ठले सरसफाइको दायित्व नगरपालिकाको भएकोमा त्यसमा सघाउ पु¥याउन र थप दायित्वबोध गराउन यस प्रकारको कार्यक्रम आयोजना गरिएकोमा आयोजक संस्थालाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोगद्धारा यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभएको थियो ।
उहाँले सरसफाईमा नगर बासीको पनि दायित्व भएको बताउदै नगर भित्रका ठाउँहरु सफा राख्न सबैले सहयोग गनुपर्ने बताउनुभएको थियो । सरसफाइको उद्धघाटन नगर प्रमुख सुवर्ण श्रेष्ठले फोहोर टिपेर गर्नुभएको थियो भने, उक्त समाज द्धारा विश्व भरिनै विभिन्न समाज सेवाका कार्यक्रमहरु गर्दै आएको र यो अभियानले विश्वमा विध्यमान रहेको वातावरण प्रदुषण रोकथाम गर्न सहयोग पुग्ने परमेश्वरको मण्डली विश्वसुसमाचार समाज गोर्कणेश्वरका सदस्य एवंम सरसफाई कार्यक्रमका संयोजक गीता गिरीले जानकारी दिनुभयो । उहाँले आमाको प्रेम छिमेकीलाई बाडौ र मानब जातिलाई बचाऔं भन्ने मुल उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोविन्द पन्थी, वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, नगरका स्वास्थ्य प्रमुख विष्णु चापागाईं, नेकपा नेता एल. पी. श्रेष्ठ, नगरका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक प्रहरी, नगर प्रहरी तथा आयोजक संस्थाका स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो । करीब चार सयको संख्यामा सरसफाइकर्मीहरूले विभिन्न समूहमा विभक्त भई बजारका विभिन्न टोल, चोक, गल्ली र शालिनदी रोड सरसफाइ गरिएको हो । सरसफाइका क्रममा संकलित फोहोरलाई ब्लु वेस्ट टु भ्यालु नामक संस्थाको सहयोगमा व्यवस्थापन गरिएको थियो ।