सप्तरीको सुरुङ्गामा निःशुल्क क्यान्सर शिवीर : २६ जनामा स्तन क्यान्सरको आशंका

सप्तरी, १३ मंसीर । ‘नेपाली क्यान्सरको उपचार नेपालमै’ भन्ने उद्धेश्यका साथ स्थापित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुर र सतौन स्मृति ट्रस्ट काठमाडौंको आयोजनामा सप्तरीको सुरुङ्गा नगरपालिका वडा ६ कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र कडरबोनामा एकदिने वृहत निशुल्क क्यान्सर परीक्षण शिवीरको आयोजना गरियो ।

सुरुङ्गा नगरपालिका, नेपाल क्यान्सर सहयोग समूह, उपचारका लागि सहयोगी हातहरु, रोटरी क्लव यल र नेपाल महिला चेम्बरको सहयोगमा आयोजित सो शिवीरमा ५ सय २३ जनाको निःशुल्क क्यान्सर परीक्षण गरिएको थियो । जसमध्ये २ सय ७५ जना महिलाको पाठेघरको मुखको र्याल परीक्षण (प्याप स्मियर टेस्ट) गरिएकोमा त्यसको प्रयोगशाला रिपोर्ट आउन बाँकी रहेको नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन । निर्देशक श्रेष्ठका अनुसार मंसीरको अन्तिमसम्म प्याप स्मियर टेस्टको रिपोर्ट आउँछ ।

निर्देशक श्रेष्ठका अनुसार शिवीरमा परिक्षण गरिएका ३८ महिलाको स्तन जाँच गर्दा २६ जनामा स्तन क्यान्सरको आशंका गरिएकोले उनीहरुलाई तत्काल स्तन क्यान्सरको परीक्षणको लागि नेपाल क्यान्सर अस्पताल या भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि जान सुझाईएको थियो ।

नियमित उपचारपछि क्यान्सरलाई जितेकी सपना राना मगर, गिता चौधरी र बबिता खड्काले शिवीरमा स्नत र पाठेघरको क्यान्सरबारे जनचेतना फैलाउनुका साथै सहभागी महिलाहरुको स्तन परीक्षण गर्न सघाएका थिए । नेपाल क्यान्सर हस्पिटलका २ जना चिकित्सक, ९ जना तालीम प्राप्त वरिष्ठ नर्स तथा स्वास्थ्यकर्मी गरि १९ जनाको टोलीले विहान ७ देखि साँझा ५ बजेसम्म अनवरत रुपमा शिवीर सञ्चालन गरेको थियो ।

सतौन स्मृति ट्रस्टका अध्यक्ष तथा सप्तरी क्षेत्र नं ४ का संघीय सांसद तेजुलाल चौधरीले शिवीरको उदघाटन गरेका थिए भने सुरुङ्गा नगर प्रमुख मुक्ति चौधरीले बोलेका थिए । मन्तव्यकै क्रममा नेपाल क्यान्सर हस्पिटलका निर्देशक डा.स्वरुपा श्रेष्ठ, सांसद नमिता चौधरी र गिता चौधरीले मन्तव्य व्यक्त गरेका थिए भने डा.अनुषा शर्माले क्यान्सरको लक्षण र उपचार विधिबारे प्रकाश पारेकी थिइन् ।

नेपाल क्यान्सर हस्पिटलकी निर्देशक श्रेष्ठका अनुसार हस्पिटलले रामेछाप, भैरहवा, मुस्ताङ्गलगायतका ठाउामा यसअघि निःशुल्क क्यान्सर शिवीर सञ्चालन गरि समयमै महिलाहरुमा क्यान्सर भए नभएको पत्ता लगाएर उनीहरुलाई थप उपचारको लागि सहयोग गरेको बताइन ।
विगतमा जस्तो क्यान्सरको उपचार गर्न अहिले कुनैपनि नेपाली क्यान्सररोगीले भौँतारिन नपर्ने उल्लेख गर्दै उनले आर्थिक अवस्था नाजुक भएका २५ जना क्यान्सर रोगीलाई नेपाल क्यान्सर हस्पिटल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सहयोग समूहको तर्फबाट निःशुल्क उपचार गरिदिएको पनि बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।