सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित

पाल्पा, २१ भदौ । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा गाउँमा भाइरल ज्वरोले सताएको छ ।

सो गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् ।

भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ । तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् ।

रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्