टिल्टेपक गाउँमा मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन !

एजेन्सी । मेक्सिकोमा एउटा गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ । जहा मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन् ।

गाउँको खास नाम भने टिल्टेपक हो र त्यहा आदिवासीका मानिसहरु बस्दछन् । गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन् । तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् ।

गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन् ।

तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन् । मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ ।

उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ । गाउँको अर्को विशेषता के भने गाउँका घरहरुमा ढोका हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको