टिल्टेपक गाउँमा मान्छेदेखि जनावरसम्म सबै दृष्टिविहीन !

एजेन्सी । मेक्सिकोमा एउटा गाउँलाई दृष्टिवीहिनको गाउँ भनिन्छ । जहा मान्छे मात्र नभएर कुनै जनावरले पनि आँखा देख्दैनन् ।

गाउँको खास नाम भने टिल्टेपक हो र त्यहा आदिवासीका मानिसहरु बस्दछन् । गाउँमा जन्मको समयमा बालबालिकाहरु सामान्य नै हुन्छन् र आँखाले देख्दछन् । तर, केही दिनपछि नै आँखाको दृष्टि हराउँदछ र बालबालिकाहरु अन्धो बन्दछन् ।

गाउँलेहरु आफूहरु सबै अन्धो हुनुमा गाउँमा रहेको एउटा रुखलाई दोषी मान्दै आएका छन् । लाभजुएला नामको उक्त रुख हेरेपछि मान्छे मात्र नभै पशुपक्षी सबै अन्धा हुन्छन् ।

तर, वैज्ञानिकहरुले भने अन्धोपनाको पछाडि उक्त रुखको कुनै हात नरहेको बताउँछन् । मानिस र जनावरहरुको अन्धोपनाको मुख्य कारण एउटा विषालु झिंगा रहेको वैज्ञानिकहरुको भनाइ छ । उक्त विषालु झिंगाले टोकेपछि मानिस र जनावरहरुको आँखाको ज्योति हराउँदछ ।

उक्त गाउँमा करिब ७० वटा झुप्रा घरहरु छन् र जनसंख्या ३ सय जति रहेको छ । गाउँको अर्को विशेषता के भने गाउँका घरहरुमा ढोका हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र