चार महिनामै शिक्षा नियमावली संशोधनको तयारी

काठमाडौँ, १३ कार्तिक । सरकारले चार महिनाकै अन्तरमा शिक्षा नियमावली २०५९ संशोधनको तयारी थालेको छ । पछिल्लोपटक गत असार २५ गते शिक्षा नियमावली १०औँ संशोधन भएको थियो ।

दसौँ संशोधनमा भएका विद्यालय व्यवस्थापन, शिक्षक सरुवालगायत प्रावधानप्रति शिक्षक तथा सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेपछि शिक्षा नियमावली पुनः संशोधन गर्नुपरेको शिक्षा तथा खेलकुद मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

ग्राउन्डबाट आएका ती असन्तुष्टि र सुझावहरूलाई सम्बोधन गर्दै प्राविधिक समस्या तथा जटिलताहरू समाधान गर्न शिक्षा मन्त्रालयले चार महिनाकै अन्तरमा नियमावली संशोधन गर्नुपरेको जनाएको छ ।  

शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि शिक्षकहरुबाट असन्तुष्टि आएपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियमावलीको ११ औँ संशोधन प्रक्रिया दसैँ अगाडि नै टुङ्ग्याउन निर्देशन दिएका थिए ।

शिक्षा नियमावलीको ११ औँ संशोधनको मस्यौदा तयार भइसकेको छ । मस्यौदा हाल अर्थ मन्त्रालयमा अड्कीएको छ । १०औँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार गरिएको शिक्षा मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र

काठमाडौँ, १३ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल

काठमाडौँ, १३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव