कमला पुल मंसिरदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।

मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन् । मन्त्री लम्सालले पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको बताएका छन् । ‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो प्राथमिकतामा छ,’ मन्त्री लम्सालले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र

काठमाडौँ, १३ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल

काठमाडौँ, १३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव