भुटानमा शिंताफू हिमताल फुट्यो 

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ । 

सडक अवरुद्ध भएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ । उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ पुगेको थियो । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका यातायातका लागि बन्द गरिएको छ ।

भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ । छिमेकी क्षेत्रहरूलाई पनि सतर्क गराइएको छ । घटनामा हालसम्म मानवीय क्षति भएको खबर प्राप्त भएको छैन ।

रातिको अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको परिमाण र बाढीबाट भएको क्षतिको पूर्ण मूल्यांकन हुन सकेको छैन । प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने देखाएका छन् ।

यस घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ । वनमन्त्री मनोज कुमार ओरांवले तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै संकोश नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

उनले प्रशासन तथा सम्बन्धित अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रका बासिन्दासँग सम्पर्क गर्न र आवश्यक परे सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएका समाचारमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनमै ३६.६ अर्ब अमेरिकी डलरभन्दा बढी त्रैमासिक नाफा कमाएको

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको