स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुग्यो

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् ।

दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ ।

म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन् । रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ । उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए ।

दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो । ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो ।

कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०