एजेन्सी, २३ साउन । स्वाइन फ्ल्यूका कारण म्यानमारमा यस वर्ष मात्रै मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।
स्वास्थ्य तथा खेलकुद मन्त्रालयको स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु हुनेहरूको सङ्ख्या ९० पुगेको जनाएको छ । सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट पुष्टि भएको थियो ।
सरकारी अधिकारीहरूका अनुसार यस अवधिमा स्वाइन फ्ल्यूबाट मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा धेरै याङ्गुनमै रहेको पाइएको छ । उनीहरूले याङ्गुनमा ६३ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।





