पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बिरामीको मृत्यु

काठमाडौँ, ३० जेठ । काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा अप्रेसनका लागि ल्याइएका एक बिरामीको मृत्यु भएको छ  ।

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको पित्तथैलीको पत्थरीको अप्रेसन गर्न क्रममा आन्द्रा काटिएर मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

शुक्रबार उनको अप्रेसन भएको थियो । मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् ।

अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको को सोही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको आरोप मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठको छ । लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि