पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बिरामीको मृत्यु

काठमाडौँ, ३० जेठ । काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा अप्रेसनका लागि ल्याइएका एक बिरामीको मृत्यु भएको छ  ।

सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको पित्तथैलीको पत्थरीको अप्रेसन गर्न क्रममा आन्द्रा काटिएर मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

शुक्रबार उनको अप्रेसन भएको थियो । मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् ।

अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको को सोही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको आरोप मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठको छ । लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित