डेङ्गुको महामारी

काठमाडौँ, १७ जेठ । धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेको जनाइएको छ ।

तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ ।

प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ ।

डेङ्गु ‘भाइरस’ फैलाउने मच्छर खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो । तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुग्नु भएको छ । उहाँलाई

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी