धूमपान नगर्ने वा छाड्ने कर्मचारीले ६ दिन बढी बिदा पाउने

एजेन्सी, १५ पौष । जापानको पिलाला इंक नामक मार्केटिङ कम्पनीले धूमपान नगर्ने कर्मचारी वा धूमपान छाड्ने कर्मचारीलाई ६ दिन बढी विदा दिने घोषणा गरेको छ ।

उक्त कम्पनीले कर्मचारीलाई स्वस्थ राख्न प्रेरित गर्न कम्पनीले यस्तो नियम सुरु गरेको जनाएको छ । कम्पनी कर्मचारीले धूमपान गर्ने कर्मचारीले नगर्नेले भन्दा बढी ब्रेक लिने गरेको र कम्पनीको उत्पादकत्वमा नै घाटा हुने गरेको सुझाव दिएका थिए ।

किनभने २९ औँ तल्लामा रहेको कार्यलयबाट स्मोकिङ गर्नका लागि कर्मचारी भुई तल्लामा रहेको स्मोकिङमा जानुपर्ने थियो । र कम्पनीले कार्यालय समयमै १५ मिनेट स्मोकिङ ब्रेक दिने गरेको थियो ।

त्यसपछि कम्पनीले धूमपान गर्ने र नगर्ने कर्मचारीबीच विदामा घटबढ गर्ने घोषणा गरेको हो । यो घोषणासंगै ४ जना कर्मचारीले धूमपान छोड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्