स्रिङ्गारिक गजल : माया गर्छु भन्दै …!!!

एकाबिहानै मुस्कुराउँदै आयो, म त छक्क परें !
रातो गुलाबको फूल थमायो, म त छक्क परें !

कानमा राम्रै साउती मारौंलाजस्तो पो गर्दैथियो,
माया गर्छु भन्दै समातेर ल्यायो, म त छक्क परें !

होला तानि भन्दै फ़ुर्किएर टोलाउन थालेको,
च्याप्प समातेर म्वाईं खायो, म त छक्क परें !

तन न धनको मान्छे… बाटो न बटुवाझैं थिएँ,
यो मनले पनि चौतारी पायो, म त छक्क परें !

खान्की(बान्की मिलेको केटो, फ़र्साइलो पनि,
कसरी मेरो दिलमा छायो, म त छक्क परें !

उमेरको थिचाइ र लाचारीको सीमा हटेपछि,
आत्माले पनि भगवान गायो, म त छक्क परें !

नारायण नेपाल

कपन, काठमाडौ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ