‘इन्द्रकुमारी’ विमोचन समारोह सम्पन्न

 (साउन १४, काठमाडौँ) । महाकाव्य ‘इन्द्रकुमारी’ थापागाउँस्थित लेखनकुञ्जमा  कवि डा. देवी नेपालद्वारा विमोचन समारोह सम्पन्न गरिएको छ ।

इन्द्रकुमारी, अर्थात पृथ्वीनारायण शाहकी जेठी रानी । उनै रानी इन्द्रकुमारीलाई केन्द्रमा राखेर सर्जकअशोकनाथ तिवारीले महाकाव्य लेखेका छन्  ।

ईन्दकुमारीका महाकाव्यका लेखक कवि अशोकनाथ तिवारीले सानै बेला देखि पृथ्वीनारायण शाहको बारेमा आफुले पढेको तर इन्द्रकुमारी को बारेमा पढ्दा पटक पटक रोकिएको, ईन्द्रकुमारीलाई भएको अन्यायले आफुलाई पोलेकोले ईन्द्र्रकुमारी महाकाव्यको सृजना हुन गएको बताए ।

तसैगरी सो समारोहमा  कवि प्रभा भट्टराई, कवि डा.रामप्रसाद ज्ञवालीले महाकाव्यमाथि आफ्नो धारणा राखेका थिए । लेखन र प्रकाशनका बारे बताउदै कमला तिवारीले कवि र कविता नेपाली साहित्यको मात्र नभई अर्थतन्त्रको पनि अंग बन्नुपर्ने वताइन् ।

कविता ईन्द्रकुमारी सिमल बुक प्रकाशनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ