कथा : मायाप्रीतिको अनुलोम विलोम !

यो एउटा शहरिया गरीबको कथा हो । यसको सुरुवात पदम नामको केटाबाट हुन्छ र उसैमा आएर टुङ्गिन्छ ।

पदम भर्खरै एसइइ दिएर बसेका केटीहरूतिर नजर लाउँदै हुन्छ एक पछि अर्की झन् राम्री, ए बाब्बा रे हो !

उसले सर्मिलालाई हेर्यो । सर्मिलाको मुहार जूनको जस्तै झलल थियो । आँखा माछाकाँडे गाजलभित्र असाध्यै खुलेका नजर हटाउन मन नहुँदै पनि ऊ यतिखेर मोनाको नाकमा लगेर आफ्नो ध्यान केन्द्रित गर्छ । उनका सारा रूपालु कुरा तथा भावभङ्गी समेट्ने जे थियो त्यही नाक भएको ठहर गर्छ ऊ ।

हे भगवान, कसरी यस्तो हुन्छ ?  सबै एकै हुन् लाग्दालाग्दै पनि सबै उस्तै किन छैनन्…..!?

सपनाको बारुले कम्मरले उसलाई नमज्जाले खिचिसकेको हुन्छ यतिखेर सम्ममा !

आहा १ इनको सुडौले बनौट र मेरा नजरको मयुरी छनौट सायद मिठो संयोगमात्र हैन होला !

यो अवसर दिने सबैलाई दिलदेखि नै धन्यवाद भन्नैपर्छ भन्ने उसको ठम्याई रोचक लाग्ने नै छ दैवको लीला !

एकपछि अर्को गर्दै ऊ नजररूपी घोडामा मनका परीहरू घड़प – घड़प दौडाउँदै जान्छ ।

कता नजर कसरी फेर्दैथियो पदम, सङ्गीत ठप्प रोकिन्छ सबैले ताली पिट्न थाल्छन् । उसलाई पत्तै हुँदैन फाइनल राउण्डको अडिसनमात्रै हैन फ़ाइनलै सक्किसकेको हुन्छ ।

कलम टोक्दै गर्छ र हेर्दै पनि गर्छ । मार्किंगमा अरु जजको नम्बर बराबर भएकाले उसको मुल्यांकन अहम् हुने कुराले ऊ झनै आश्चर्यचकित हुन्छ । कुरै- कुरा पिसाब चेपेर बसेको ऊ एकैछिन बाहिरतिर लाग्छ, चर्पीको अवश्थितितिर ।

‘सर !’

फर्किएर आउँदैगर्दा चिनेजानेको स्वर उसलाई समाउन पुग्छ ।  ढोकैनेरी फर्क़ेर हेर्दा मौसमी मुस्कुराएको देख्छ, र नजिकै जान्छ ।

तिमी यहाँ ?

‘सर, अस्तिको कुराको माफी चाहन्छु । मैले हजुरलाई मगन्तेचालको केटा भनेर के – के भने । आई फील, सर, त्यो मेरो गल्ती थियो ।

धनी बाउकी पुल्पुलिएकी छोरी तिमी, तिमीले देखेको सही थियो र त्यसै बोल्यौ । फेरी मेरो सुट र बुटको अशलियतपनि बेनकाब भएकै हो । तर हेर, सपना देख्नेले नै बिपना डोर्याउँछ । म आफ्नो खुसीका लागि दुनियाँ बदल्ने चाहत राख्छु र तागत पनि जोरजाम गर्न सक्छु । तिमी आफ्नो कुरा गर ।

‘त्यै भएर त भन्दैछु, आज एउटा अर्को दुनियाँ बदल्नु छ तिमीले ?’

खुलेआम स्वार्थी कुरा रु सुन्दरी केटी धनी भैकन घमण्डी भए साह्रै खतरनाक हुन्छन् भन्थे…. के बुझ्नु के नबुझ्नु ?

‘त्यस्तो हैन, पदम, म अलि टेन्सनमा थिएँ उ दिन ! ए सरी, सर, म त के- के पो भन्न थालेंछु, यो ठाउँ त फरक हो नि, है ?’

यो नरम मिजास किन नि यति बेला आएर ?

‘अरु कुरा गर्दै गरौंला, त्यो डबल पाउजुमा नाच्ने केटी थिई नि, त्यो मेरी बहिनी हो । जसरी पनि उसलाई जिताउनुपर्यो, सर।’

सोनी भन्ने हो कि क्या हो ?

‘अँ क्या त, उसले नाच्न थाल्दा तपाईं पनि त उठेर कम्मर भाँच्तै हुनुहुन्थ्यो नि !  हुन त जजको ठम्याइ म के भन्नु !’

हेरौंला …..

गरीबीको मूल्य साध्ने यो अवसर पदमले खेर जान दिएन र अन्त्यमा घोषणा गरियो विनरको ।

‘र, प्रथम पुरस्कार जान्छ सबैकी मनकिन्नरी यसपालीकी डान्सिङ्ग क्वीन सोनी बयलकोटीलाई धेरै- धेरै बधाई जोडदार तालीका साथ स्वागत गरौँ !

  नारायण नेपाल कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज बजार खुलेसँगै उतारचढावकाबिच

काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला

काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न