कविता : बाजेको सेकुवा कर्नर

हामी देशको मेरुदण्ड बलियो पार्न
दिनरात आफ्ना करङगहरु घोट्छौँ,
उनीहरु आफ्नो मेरुदण्ड बलियो पार्न
देशका करङ्गहरु घोट्छन्, !

अचेल शहरभरीका मान्छेहरु
बाजेको सेकुवाकै ढोल पिटीरहेछन्,
र त गोधुली साँझ हुनेबित्तिकै
हाउसफुल हुन्छ बाजेको सेकुवा कर्नर !

अचेल एकथरी मान्छेहरु
भोको बच्चाले आमाको दूध चुसेझैँ
दिनभर चुस्छन् – देशको रगत !
साँझ परेपछि सितन बनाएर देशको मुटु
रक्सिको मातसँगै कर्नरको एउटा कर्नरबाट
हेर्छन् नवयौवना नर्तकिहरुको नाङ्गोनाच
र खुलेआम बलत्कार गर्छन् !

एतिखेर बाजेको सेकुवा कर्नरको
कर्नर कर्नरमा रङ्गमन्च सुरु भएको छ !

कतै कोकाकोला र ह्वीस्किको झोल पिएर
कोहि वान्ता गरिरहेछ क्यालकुलेट गरिगरि
जनताको मत र पसिनाको हिसाब !
कतै आवेगको धुवाँ उडाएर फँस्फसी
कोहि बार्गेनिङ गरिरहेछ जबर्जस्त
राममायाका मस्त जवानीहरु !
कतै निगमको खोल ओडेर
कोहि भाषण छाँटिरहेछ, अन्धराष्ट्रवाद, ईश्वरवाद र
लम्पसारवादका झुटा
पर्चाहरु !

कतै सपनाहरुको बिस्कुन फिँजाएर टेबलमा
बैठक बसिरहेछन् गुप्तचर निकायझैँ
लागुऔषध,दुर्व्यसनी र चेलिबेटी
बेचबिखनका हिमायतिहरु !
कतै बडो उर्जाका साथ गीत गाएर
कुनै तस्करझैँ जानी नजानी नाचिरहेछन्
दलाल राज्यसत्ताका प्रशासनिक स्तम्भहरु !

कतै घ्याम्पाजत्रो आफ्नो पेट सुम्सुम्याउँदै
भोको कुकुरझैँ र्‍याल काडिरहेछ्न् ,
कर्पोरेट हाउस र बहुराष्ट्रीय कम्पनिहरु !
त्यही कर्नरको पछाडि
एउटा कर्नरमा बृहत् मिटिङ छ ,
सत्ताधारी यो देशका अंशियारहरुको !
कुकिङमा व्यस्त देखिन्छन् तिनिहरुकै सेवारत
यो देशका राष्ट्रीय पुँजीपति वर्गहरु !

सेकुवा कर्नरको बाहिर पेटिमा निदाएको म
यो कस्तो सपना देखिरहेछु भगवान् !
टुँडिखेलको बिचमा उभिएर
चङ्गामा देश उडाइरहेको मेरो छोरोको हातमा
एतिखेर लट्टाइ मात्र बाँकी छ !

रङ्गमञ्च सकिनै लाग्दा प्रबेश गरेका छन्
केही राजदुतावासका उच्चपदस्थ अधिकारिहरु !
थाहा छैन भोलि देशको कुन हालतलाई
कस्तो टाइटलमा समेट्ने हुन् राष्ट्रीय दैनिकहरुले !

अचेल यो शहरभरीका मान्छे
किन एति बिघ्न
बाजेको सेकुवाकै ढोल पिटीरहेछन् ?

हामीहरु देश बँचाउन देशलाई
आफ्नो बलिदानको रगत पिलाउँछौ,
उनीहरु आफुलाई जिवित भएको नाटक गर्न
देशको रगत बेचेर रम र ह्वीस्किको चुस्की लिन्छन् !

अब तपाईं आफैं भन्नोस्
आज यो देशको सरकार
र बाजेको सेकुवा कर्नरमा के फरक छ ?

अचेल राजधानीभित्र, बाहिर वा देशैभरी
हरेक दिन गोधुली साँझको पहिलो प्रहरमै
टार्गेट बनाएर बाजेको सेकुवा कर्नरस
भेला हुन्छन् माथी उल्लेखित मान्छेहरु
र कर्नरको कर्नर कर्नरमा उसैगरी
रङ्गमञ्चको सुरुवात हुन्छ !

हो कम्रेडहरु,
मलाई यो बाजेको सेकुवा कर्नर
र यो देशको राज्यसत्ता उस्तै लाग्छ !
त्यसैले आउनोस् ध्वस्त गराऊँ यो फेमस कर्नर
र गाडेर सोही ठाउँमा समाजवादको लालझण्डा
यो देशलाई समाजवादी राष्ट्र घोषणा गरौँ !
लालसलाम !…लालसलाम !…फेरि लालसलाम !

बि .एन ढकाल
अरुण गाउँपालिका – ५, भोजपुर।
हाल : काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष