नेकपाको विचार नै कम्युनिष्ट आन्दोलनको पुँजीवादी दुनियालाई समाजवादमा डोर्याउनु : अध्यक्ष पौडेल

(जेष्ठ २२, बारा) । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलले नेपाल कम्युनिष्ट पार्टीले लिएको विचार विश्व कम्युनिष्ट आन्दोलनको पुँजीवादी दुनियालाई समाजवालमा डोर्याउने बताएका छन् ।

बारा जिल्लामा युवा संघ नेपाल प्रदेश न २ को बैठकको उद्घाटन गर्दै अध्यक्ष पौडेलले पार्टी एकताले मुलुक भरका आम युवामा उत्साह थपेको बताएका छन् । युवा संघ नेपाल र वाइसियलको एकता छिट्टै हुने बताउँदै शसक्त कम्युनिस्ट पार्टी निर्माणका लागि युवाहरु थप सङठित हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै अध्यक्ष पौडेलले असार १४ र १५ गते अबिबार्य खेतमा जाने कृषि अभियान सुरु गर्न लागेको बताएका छन् । ‘हामी हाम्रो सीप र श्रमले हाम्रा खेतमा पसिना फलाउँछौ, आत्मनिर्भर अर्थतन्त्रको बिकास गरि समृद्दी हाम्रै पालामा सम्भव बनाउछौ’ उनको भनाई थियो । त्यस्तै भर्खरै सरकारद्वारा प्रस्तुत बजेट युवा मैत्री रहेको र बजेटले तराइमा विशेष कार्यक्रम प्रारम्भ गरेको बताएका छन् । मधेसका युवाको योगदान उच्च रहेको र युवा संघले समेत अब विशेष समृद्दी अभियान तराइमा सन्चालन गर्ने बताएका छन् ।

कार्यक्रमको सभापतित्व प्रदेश इन्चार्ज ध्रुब यादवले गरेका थिए भने स्थाइ कमिटी सदस्य नितेस पौडेल, मीन गौतम लागायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार