काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ ।
प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।
कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ ।






