स्कुल बस दुर्घटना अपडेट : पाँचजनाको मृत्यु, तीनजनाको पहिचान खुल्यो

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ग२ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

प्रहरीका अनुसार, मृत्यु हुनेमा चार विद्यार्थीसहित पाँचजना छन् । मृत्यु हुनेमा १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । अन्य दुई बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त बसमा १९ जना सवार थिए । उनीहरू परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए । सबैजना कक्षा–१० का विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २३ असोज । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।  यातायात व्यवस्था विभागमा मंगलबार