समृद्ध नेपाल, सुखी नेपाली बनाउँछौं, कलाकारले निराशाका गीत गाउनु पर्दैन : प्रम ओली

(जेष्ठ १९, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेपाल र सुखी बनेसँगै कलाकारहरुले निराशाका गीत गाउनु नपर्ने बताएका छन् ।

साँस्कृतिक संस्थानले आज आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निरंकुशताबिरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत प्रधानमन्त्री ओलीले बताए । रामेशहरुले दर्शकका लागि गाएको गीतले सार्थकता पाउँदै सबैको योगदानले देशमा परिवर्तन आएको प्रधानमन्त्री ओलीले बताए ।

कुनैबेला जनता जगाउन गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भागहरु रचना गर्न र गाउन आग्रह गर्दै प्रम ओलीले भने ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरि जगाउनुहोस ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रीहरुले गायक रामेशलाई गीत संगीतको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पुर्याएकोमा अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार