आर्थिक विकास र समृद्धिका लागि ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही : गृहमन्त्री थापा

(जेष्ठ १९, ताप्लेजुङ) । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधारनै भौतिक पूर्वाधारको विकास भएकाले सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धिका लागि कार्य गर्ने क्रममा कुनै पनि ठेकेदारले ढिलासुस्ती गरेकामा कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गरे । उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।

प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएका हुन् । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

एकवर्ष अघि करिब रु ६ करोडको लागतमा निर्माण भएको जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन समेत गरेका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सीमा सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । ताप्लेजुङ दुबै छिमेकीमूलुक चीन र भारतसँग जोडिएकाले सीमा क्षेत्रको रेखदेख तथा सुरक्षा तथा पर्यटन प्रवद्र्धन, जलस्रोत तथा स्थानीय स्रोतसाधनको उपयोग लगायतका हिसाबले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार