नोटको सट्टा कार्डबाट कारोबार गर्न आग्रह

काठमाडौँ, ८ चैत । कोभिड–१९ को प्रकोप हुन नदिन नेपालका बैंकहरूले नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि अग्राह गरेका हुन् । उनीहरुले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।

बैंकहरुमा हुने भीडभाड कम गर्नका लागि बैंकहरुले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैंकर्स संघको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस पनि निः शुल्क हुने जनाइएको छ । वित्तीय संस्थाका प्रतिनिधि संस्थाहरुले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस्तो सुविधा उपलब्ध हुने स्पष्ट पारेका छन् ।

यसैबीच नेपाल क्लियरिङ हाउसले पनि एक विज्ञप्ति जारी गर्दै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क यही चैत मसान्तसम्मका लागि मिनाहा गर्ने जानकारी गराएको छ ।

क्लियरिङ हाउसले मोबाइल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट÷मोबाइल बैंकिङ च्यानल तथा अन्य अप्रत्यक्ष÷प्राविधिक सदस्यको च्यानललगायतबाट कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ । बैंक वित्तीय संस्थामा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । यो समाचार आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी