भक्तपुर, २१ कार्तिक। स्वस्थ जीवनशैली र अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आरोग्य फूड्स प्रा.लि. सञ्चालनमा आएको छ। सूर्यविनायक नगरपालिका–३, बालकोटमा आजदेखि कम्पनीले औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको हो।
नेपालमै उत्पादित वस्तु तथा सेवाहरूलाई प्राथमिकता दिँदै उपभोक्तालाई स्वस्थ र गुणस्तरीय उत्पादन उपलब्ध गराउने लक्ष्यसहित आरोग्य फूड्स सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

जीवन विज्ञान प्रतिष्ठानका गुरु रमेश नेपालको प्रमुख आतिथ्यतामा आयोजित शुभारम्भ कार्यक्रममा महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसी, जिल्ला सहकारी संघ भक्तपुरका कोषाध्यक्ष राजकुमार सिलवाल, जीवन विज्ञान परिषद् बागमतीका संयोजक सन्तोष खड्कालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरु नेपालले शिक्षाका लागि जीवन र जीवनका लागि शिक्षा आवश्यक भएजस्तै जीवनलाई स्वस्थ र सुखी बनाउन स्वास्थ्य अपरिहार्य रहेको बताउनुभयो।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने जीवनशैली अपनाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनको अवधारणा विश्व समुदायले समेत आत्मसात् गरिरहेको बताउनुभयो। आरोग्य फूड्सले आफ्ना उत्पादन तथा सेवामार्फत उपभोक्ताको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।

स्वदेशी उत्पादनको प्रवर्द्धन, अर्गानिक वस्तुको प्रयोग र स्वस्थ जीवनशैलीको विकासलाई प्राथमिकता दिँदै सञ्चालनमा आएको आरोग्य फूड्सले स्थानीय उत्पादनलाई बजारसँग जोड्न तथा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रालिका सञ्चालक बलराम खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मानव कल्याण समाजका सञ्चालक सुमित्रा चाैलागाईले गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभाेक्ताकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।








