मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

काठमाडौँ, २१ कार्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन् । 

कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन् ।

​अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापकीय प्रगतिको बारेमा सरोकारवालाहरूसँग विस्तृत जानकारी लिएकी छन् ।  प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीहरूका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा-सुविधाका विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गरिन् ।

​राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । नवलपरासीमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदारलाई प्रहरीले

काठमाडौँ, २१ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, २१ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको

काठमाडौँ, २१ कार्तिक । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतको