इरानको केशम टापुमा दुई मिसाइल खस्यो

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ ।

इरानी समाचार संस्था तस्निमले प्रारम्भिक विवरण उद्धृत गर्दै केशम टापुमा दुईवटा मिसाइल खसेको जनाएको छ । इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार विमानको आवाज सुनिएपछि टापुको सोजा क्षेत्रमा दुईवटा प्रक्षेप्य खसेका थिए । घटनाबाट भएको सम्भावित क्षतिबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

यसैबीच, समाचार संस्था रोयटर्सले इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै इरानी सेनाले केशम टापुमाथि उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको जनाएको छ।

यद्यपि, अमेरिकी ड्रोन खसालिएको घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन । त्यस्तै, टापुमा दुईवटा मिसाइल खसेको र ड्रोन खसालिएको घटनाबीच कुनै सम्बन्ध रहे–नरहेको पनि स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । नवलपरासीमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदारलाई प्रहरीले

काठमाडौँ, २१ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ

काठमाडौँ, २१ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको

काठमाडौँ, २१ कार्तिक । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुर्खेतको