कोरानाका कारण एसईई रोक्नु पर्ने अबस्था छैन

काठमाडौँ, २ चैत । कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसईई परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अभिभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरु भनाई रहेको छ ।

परीक्षा रोक्ने, विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यथावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसईई रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन हुनुपर्ने बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले हालसम्म कोरोना भाइरस नदेखिएकोले विद्यार्थीहरुलाई त्रास फैलाएर एसईई परीक्षा रोक्नुपर्ने पक्षमा आफू नरहेको जानकारी दिए ।

गोरखापत्रसँग कुरा गर्दै मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयले पनि वर्तमान परिस्थितिको आँकलन गरेर परीक्षा रोक्ने सुझाव नदिएको भन्दै उनले परीक्षा नरोकिने प्रष्ट पारे । यो समाचार आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर