तत्कालीन प्रमुखसहित तीनजना र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तीनजना र परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले ३९ लाख ४० हजार ३०९ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, काठमाडौंको नयाँ बानेश्वरमा कार्यालय रहेको परामर्शदाता एलाइड इन्जिनियरिङ प्रा.लि. र उक्त कम्पनीका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा छन् । अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले कमिसन खाई डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७६/७७ मा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुले खानेपानी योजनाहरूको डीपीआर निर्माण गर्ने कार्यको लागि परामर्श सेवा खरिद गर्न प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको

काठमाडौँ, ११ कार्तिक । बलिउड अभिनेता इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न दिएको नोटिसमा बम्बे उच्च अदालतले तत्कालका

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी