सेयर बजार ३३.२९ अंकले बढ्यो

काठमाडौँ, ११ कार्तिक । आज सेयर बजार ३३.२९ अंक बढेको छ ।

यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो । आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । यो कारोबार रकम करिब डेढ महिना भदौ ३० यताकै उच्च हो । आज पनि जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् ।

व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको १०.६०, सुपर खुदी हाइड्रोपावरको ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२, युनियन हाइड्रोपावरको ५.८६, सान्जेनको ५.८१, स्वस्तिक लघुवित्तको ५.६७, होटल फरेस्ट इनको ५.४१ प्रतिशत मूल्य बढ्यो ।

सिर्जनशील लघुवित्तको मूल्य २.३०, चिरख्वा हाइड्रोपावरको २.१२, माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव