सामुदायिक विद्यालयमा थपिँदै शरणार्थी विद्यार्थी, थप शिक्षक दरबन्दीको टुंगो छैन

काठमाडौँ, १ चैत । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ ।

युएनएचसिआरले सन् २०२० को जुनदेखि सबै कार्यक्रम बन्द गर्दै छ । सहायता बन्द भएपछि दमक नगरपालिकालाई विद्यार्थी हस्तान्तरण गरिएको हो ।

अब दमकको ढुकुरपानी मावि र चुलाचुली आधारभूत विद्यालयमा शरणार्थी विद्यार्थी पढ्ने छन् । त्यसका लागि युएनएचसिआरको सहयोगमा लुथरन विश्व फेडेरेसनले दुवै विद्यालयमा पक्की भवन बनाइदिएको छ । दुवै भवनको युएनएचसिआरकी नेपाल प्रमुख क्यारोलिन स्पोनित वर्मा र दमक नगरपालिकाप्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । चुलाचुली आधारभूत विद्यालय भवन ६८ लाख ८१ हजार र ढुकुरपानी मावि भवन एक करोड २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । ती विद्यालयमा एक देखि १२ सम्म पढ्ने विद्यार्थीले अध्ययन गर्नेछन् ।

ढुकुरपानी माविका प्रधानाध्यापक कृष्ण भण्डारीले शिक्षकको व्यवस्थापन नभएसम्म विद्यार्थी अध्ययन गराउन नसक्ने बताए । ‘थपिएका विद्यार्थीका लागि अहिले विद्यालयमा भएको जनशक्ति अपर्याप्त छ,’ उनले भने, ‘त्यसका लागि दातृनिकाय र नगरपालिकाले ध्यान दिनुपर्नेछ, नभए अहिलेकै जनशक्तिले काम गर्न सक्ने अवस्था छैन ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान

रसुवा, २८ असोज । भोटेकोशी बाढीबाट पाठ्यपुस्तक गुमाएका उत्तरगया गाउँपालिकाका विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने उद्देश्यले एसिया नेपालले पाठ्यपुस्तक उपलब्ध गराएको

नेकपा (एमाले)को वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको

काठमाडौँ, २४ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले थापाले विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिको रूपमा स्थापित गर्ने मौका गुमाएकोमा