काठमाडौँ, ३० फागुन । एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले अब जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनसस्वरुप पाउँनेछन् ।
यो अफर बुधबारबाट लागू भएको छ र ३ महिनासम्म जारी रहने बताइएको छ । एनसेलका ग्राहकले विदेशबाट आएको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुने जनाइएको छ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशूल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस लिन सक्छन् ।
यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्ने बताइएको छ । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउँनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समयअनुसार विजेताको छनोट गरिनेछ ।






