काठमाडौँ, २८ फागुन । कोरोना भाइसरको कारणले जोखिम बढ्दै गएपछि काठमाडौँ उपत्यकामा रगतको अभाव भएको छ ।
कोरोना भाइरस (कोभिड -१९) संक्रमणको त्रासका कारण ठूला भेला सभा समारोहसहितका भिडभाडन हुने कार्यक्रम नगर्न निर्देशन दिएपछि उपत्यकामा हुने गरेका रक्तदान कार्यक्रमहरु रोकिएका छन् ।
यहीकारण उपत्यकामा रगतको अभाव भएको हो । कोरोना भाइरसको त्रासले गर्दा मानिसहरु रगतदान गर्नसमेत डराएका छन् । केन्द्रीय रक्तसंचार केन्द्रमा रगत अभाव भएपछि हाल रगत माग्न जानेलाई आफैँले रक्तदाता खोजेर आवश्यक रगत जुटाउन आग्रह गर्दै आएको छ ।






