काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् ।
गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् । परिवारजन तथा प्रहरीले निरन्तर खोजिरहे पनि साकेत फेला पर्न सकेका छैनन् । नजिकका गाउँघर तथा वरपर रहेका पोखरी, झाडी सबैमा खोजी भइसकेको प्रहरीले जनाएको छ ।






