काठमाडौँ, २८ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलालामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





