शेयरबजार कोरोना सन्त्रासमा, ६ प्रतिशतले घट्यो नेप्से

काठमाडौँ, २८ फागुन । कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्‍यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो ।

कारोबार शुरु भएको पहिलो १ घण्टा नबित्दै नेप्से परिसूचक ४ प्रशितशतले घट्दा नकारातमक सर्किट लागी २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि लगानीकर्ताले विक्रीको आदेश बढाए । कारोबार खुलेपछि ५ प्रतिशतले परिसूचक घट्यो र ४० मिनेटका लागि कारोबार रोक्का गरिएको थियो । २ घण्टा १३ मिनेट (अर्थात् १ बजेर १३ मिनेट)मा बजार ६ प्रतिशतले घटेपछि बाँकी अवधिको कारोबार स्थगित भएको थियो । यस दिन नेप्से परिसूचक ८६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव शून्य २ प्रतिशत घटेर १ हजार ३४९ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।

नेपाल स्टक हाउसका ब्रोकर इश्वरी रिमालले संसारको शेयरबजारमा त्रास फैलिएको कोरोनाकै कारण नेपालको शेयरबजारमा पनि त्रास देखिएको बताए । रिमालका अनुसार दैनिक रु ३०–४० करोडको कारोबार भइरहेको बजारमा रु. ४÷५ अर्बको कारोबार हुनु भनेको क्षमताभन्दा बढीको कारोबार हो । यो खबर आजको अभियान राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज