काठमाडौँ, २३ फागुन । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज शुक्रबार १ हजार ८ सय रुपैयाँ बढेर छापावाला सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





