शेयर बजारमा नेप्से घट्यो

काठमाडौँ, २१ फागुन । शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ ।

नेप्से बुधबार ६८ दशमलव शून्य ४७ अङ्कले घटेर १४ सय ४१ दशमलव २० बिन्दुमा झरेको छ । बुधबार निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

जीवन बीमा समूहको शेयर पाँच दशमलव १६ प्रतिशतले घटेको छ । यस्तै होटल, बैंक, विकास बैंक समूहको शेयर ४ प्रतिशतले घटेको छ । बुधबार कारोबार रकम पनि घटेको छ । बुधबार एक सय ७४ कम्पनीका दुई अर्ब ९० करोड रुपैयाँ बराबरका ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँका शेयर किनबेच भएको छ भने एनएमबी बैंक, हिमालय डिस्टिलरी र एनआईसी एसिया बैंकको शेयर १३ करोड रुपैयाँको दरले कारोबार भएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । अरु १२ वटा कम्पनीको शेयर पनि झण्डै १० प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज